नापी कार्यालय सप्तरीको प्रमुखमा यादव हाजिर : भ्रष्टाचारमुक्त कार्यालय बनाउन ११ किलोको माला लगाएर स्वागत
मिति: २०२६-०१-१३ , समय : ०९:२२:५८ , बिन्दु कुमार यादव
मिति: २०२६-०१-१३ , समय : ०९:२२:५८ , बिन्दु कुमार यादव
तस्बिर : बिन्दु यादव / गामघर टिभि
बिन्दु कुमार यादव
राजविराज ।
सप्तरीको राजविराजमा रहेको नापी कार्यालय सप्तरीको प्रमुखमा शुद्धधन प्रसाद यादव सोमबार औपचारिक रूपमा हाजिर भएका छन्।
कार्यालयमा हाजिर भएपछि नवनियुक्त प्रमुख यादवलाई नापी कार्यालयका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूले ११ किलोको माला लगाएर स्वागत गरेका थिए। पदभार ग्रहण पश्चात यादवले नापी कार्यालयको सेवा प्रवाहलाई पारदर्शी, छिटोछरितो तथा सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। 
हाजिरी तथा स्वागत कार्यक्रमका अवसरमा डाक्नेश्वरी नगरपालिकाका मेयर राम लखन मलाह, नापी कार्यालयका कर्मचारीहरू संजिव कुमार यादव, श्री प्रसाद यादव, मनोज कुमार यादव, राजकिशोर साह, नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम कुमार यादव तथा प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादवलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नवनियुक्त कार्यालय प्रमुख यादवको सफल कार्यकालको कामना गर्दै नापी कार्यालयमार्फत सर्वसाधारणले अझ प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरेका थिए।
प्रकाशित मिति: २०२६-०१-१३ , समय : ०९:२२:५८ , 3 days अगाडि