सप्तरीको राजगढमा अपाङ्ग र असहायलाई फाईवर सिरक वितरण
मिति: २०२६-०१-१४ , समय : २१:३८:०१ , गामघर डेस्क
मिति: २०२६-०१-१४ , समय : २१:३८:०१ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिकाद्वारा २ सय ५५ जना असहाय र अपाङ्गहरुलाई बिहीबार फाईबर सिरक वितरण गरेको छ । राजगढ गाउँपालिकाको आयोजनामा वडा नम्बर १ देखि ६ सम्मको अपाङ्ग र असहायहरुलाई फाईबर सिरक वितरण गरेको हो ।
फाईबर सिरक वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले चिसोका कारण कुनै पनि जेष्ठ नागरिक सितलहरको पिडामा नपरुन भन्ने उदेश्यले फाईबर सिरक वितरण गरेको बताउनु भयो । उहाँले असहाय विपन्न वर्गको संरक्षण गर्नु हाम्रो दायित्व भएकोले चिसौ मौसममा जेष्ठ नागरिकहरुलाई स्वास्थ्यको जोखिम र हेरचाहका आवश्यकतालाई ध्यानमा राखी न्यानो हुने गरी फाईबर सिरक वितरण गरिएको बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले फाईबर सिरक वितरण कार्यक्रम अन्तरगत “क” र “ख” वर्गको अपाङ्ग तथा असहाय नागरिकहरुलाई सहयोग पालिकाद्वारा गरेको बताउनुभयो ।
गाउँपालिका प्रमुख ओम प्रकाश मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेणु देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा, अपाङ्ग समन्वय समिति सदस्य रामचन्द्र यादव, सेभ द नेपाल सप्तरीको जिल्ला संयोजक विरेन्द्र कुमार साह सहित पालिकाका सम्पुर्ण शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२६-०१-१४ , समय : २१:३८:०१ , 1 day अगाडि