मधेस प्रदेश : आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु

मिति: २०२३-०३-२७ , समय : ०९:३८:४६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशकाे धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आफैले चलाएको ट्याक्टर दुर्घटना भएर एकजनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णु बहादुर फुयालको आफैले चलाएको ट्याक्टर दुर्घटनामा परेर सोमबार बिहान मृत्यु भएको हो ।

ज १ च ३४३७ ट्याक्टर लिएर बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो । अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२७ , समय : ०९:३८:४६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित