सप्तरीमा अबैध रकम लिएको भिडियो खिच्ने युवा पत्रकार यादव प्रहरी नियन्त्रणमा

मिति: २०२६-०२-०१ , समय : २२:३२:१५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीमा प्रहरीले एक पत्रकारलाई दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको छ । राजविराज भन्सार कार्यालयस्थित प्रहरी बिटमा रकम लिँदै गरेको दृश्य खिच्दा पत्रकार सौरभ यादवलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ मा रहेको प्रहरी बिटमा कार्यरत प्रहरीले महिला व्यापारीसँग पैसा लिँदै गरेको फोटो तथा भिडियो खिच्दा प्रहरीले नियन्त्रणमा लिएको पत्रकार यादवले बताउनु भये ।
नेपाल प्रहरीका हबल्दार डी. यादवले पत्रकार यादवलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले यादवलाई करिब १५ मिनेट नियन्त्रणमा राखेर छाडेको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले पत्रकार यादवमाथिको दुव्र्यवहार घटनाको निन्दा गर्नु भएका छन् ।
उहाँले घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्नुहुदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नु भएका छन्।

प्रकाशित मिति: २०२६-०२-०१ , समय : २२:३२:१५ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित