सप्तरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु ,२ जना गम्भीर घाइते

मिति: २०२६-०२-०६ , समय : ०७:५२:४४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.८ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टर चालक रुपनी गाउँपालिका २ का अन्दाजी २० वर्षिय किसन मण्डलको मृत्यु भएको छ भने सोही स्थानका अन्दाजी १५ वर्षिय जितन मण्डल र अन्दाजी ३२ वर्षिय ललन ठाकुर गम्भीर घाइते भएका हुन् ।
शम्भुनाथ ३ ट्राफिक चौक देखी लहानतर्फ जादै गरेको बाँस बोकेको प्र २ ०१–००१ त २९१९ नम्बरको ट्याक्टर हिच भाचेर दुर्घटना भएको थियो ।
मृत्यु हुने सोही ट्याक्टरका चालक र घाइतेमध्ये ठाकुर ट्याक्टर धनी र मण्डल सहयोगी थिए । घाइते दुबैजनाको रायपुर स्थित युनिक अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्तहरुले बताएका छन् ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : ०७:५२:४४ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित