सप्तरीमा दुर्घटनामा परेर एकै परिवारका एक दुधे बालकसहित तीनजना घाइते
मिति: २०२३-०३-२८ , समय : ०४:३५:४३ , गामघर डेस्क
मिति: २०२३-०३-२८ , समय : ०४:३५:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा दुर्घटनामा परेर एकै परिवारका एक दुधे बालकसहित तीनजना घाइते भएका छन् । सप्तरीको कंचनरुप नगरपालिका वडा न.-१० बदगामा स्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४६० नम्बरको बसले सोहि दिशा तर्फ आउदै गरेको प्र २-०१-००२-प ०९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकमा सवार एकै परिवारका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका- १ धनपुरि बस्ने २५ बर्षी राजकुमार यादब, उनको श्रीमति २४बर्षीय बबीता कुमारी यादव तथा उनीहरूको १० महिनाका छोरा रहेका छन् ।
बालकको अनुहारमा चोट लागेको छ भने उनीहरुको हात र खुट्टामा चोट लागेको छ । घाइतेहरुको स्थानिय एमडिस अस्पताल रुपनगरमा उपचार भईरहेको तथा बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । यता साे घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : ०४:३५:४३ , 2 years अगाडि