निर्वाचन सुरक्षामा खटिने प्रहरीकाे सेवा–सुविधा निर्धारण : पोशाकबाहेक ४४ हजार १८२ रुपैयाँ पाउने
मिति: २०२६-०२-१४ , समय : ०९:४१:३२ , निकेश शाह
मिति: २०२६-०२-१४ , समय : ०९:४१:३२ , निकेश शाह
तस्बिर : सामाजिक सन्जालबाट
निकेश शाह
बरमझिया ।
आगामी निर्वाचनका लागि खटिने नेपाल प्रहरीका सुरक्षाकर्मीलाई विशेष सेवा–सुविधा प्रदान गरिने भएको छ । सार्वजनिक गरिएको विवरणअनुसार ४० दिनको अवधिका लागि तलब, खटाइ भत्ता, खाजा खर्च तथा तयारी खर्च उपलब्ध गराइनेछ ।
प्रति दिन करिब ८६९ रुपैयाँका दरले ४० दिनको तलब रकम करिब ३४ हजार ७७६ रुपैयाँ, दैनिक १८४ रुपैयाँका दरले खटाइ भत्ता करिब ७ हजार ३६० रुपैयाँ तथा खाजा खर्च ३०० रुपैयाँका दरले ४ दिनको १ हजार २०० रुपैयाँ प्रदान गरिनेछ । यसका साथै निर्वाचन क्रममा एकपटक ८४६ रुपैयाँ तयारी खर्चसमेत दिइने व्यवस्था गरिएको छ ।

यसरी एक सुरक्षाकर्मीले पोशाकबाहेक जम्मा करिब ४४ हजार १८२ रुपैयाँ पाउनेछन् । पोशाक भने नेपाल प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइने जनाइएको छ ।
प्रकाशित मिति: २०२६-०२-१४ , समय : ०९:४१:३२ , 19 hours अगाडि