वैदेशिक रोजगारीबाट फर्किएका देवचन्द्र मुखियामाथि लुटपाट : उपचारका क्रममा हात–खुट्टा गुमाउनुपर्याे , सहयोगकाे अनुराेध
मिति: २०२६-०२-१४ , समय : १९:०८:२० , रबि शर्मा
मिति: २०२६-०२-१४ , समय : १९:०८:२० , रबि शर्मा
तस्बिर : रबि शर्मा / गामघर टिभि
रबि शर्मा
राजविराज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.३ सकरपुराका देवचन्द्र मुखिया वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत हुनुहुन्थ्यो। माघ १२ गते बिदामा घर फर्किने क्रममा उहाँ काठमाडौंबाट लहानसम्म हाइसमा आउनुभयो।
सिरहाको लहानबाट राजविराजतर्फ अटो रिजर्भ गरेर जाँदै गर्दा बाटोमै अटो चालकसहितको समूहले उहाँमाथि लुटपाट गरी गम्भीर घाइते बनाएको आरोप छ। घटनापछि उनीहरू फरार भएका छन्।
घाइते अवस्थामा रहेका मुखियालाई स्थानीय बासिन्दा र प्रहरी प्रशासनको सहयोगमा अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उहाँको एउटा हात र एउटा खुट्टा काट्नुपरेको परिवारले जनाएको छ।

घटनामा संलग्न अटो चालक र समूहका सदस्यहरू हालसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरी प्रशासनले अनुसन्धान जारी रहेको जनाएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा जाने तथा फर्किने आप्रवासी श्रमिकहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
प्रकाशित मिति: २०२६-०२-१४ , समय : १९:०८:२० , 10 hours अगाडि