गृहमन्त्रीको राजीनामा माग्दै सिरहामा सडक अवरुद्घ : हत्यारा पक्राउ गर्न नसकेको आरोप
मिति: २०२६-०२-१९ , समय : १४:१६:०५ , गामघर डेस्क
मिति: २०२६-०२-१९ , समय : १४:१६:०५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / सिरहा
गामघर डेस्क
सिरहा । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको ४ दिनसम्म हत्यारा पक्राउ नपरेपछि पीडितहरुले मधेस प्रदेशको सिरहामा सडक जाम गरेर आन्दोलन गरिरहेका छन् । यादवको गृहजिल्लामा स्थानीयले धनगढीमाई बजारमा चक्काजाम गरेका हुन् । उनीहरूले महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारे । 
उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।प्रदर्शनकारीले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । आन्दोलनकारीहरुले न्याय नपाए थप आन्दोलनको चेतावनी पनि दिएका छन् । यद्यपी प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको र संलग्नको खोजी भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-१९ , समय : १४:१६:०५ , 2 months अगाडि