सप्तरीको महुलीमा हात्तीको आक्रमणबाट एक जना बृद्ध गम्भीर घाइते

मिति: २०२६-०२-२१ , समय : २१:४४:०१ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ महुलीमा शनिबार विहान हात्तीको आक्रमणमा परी एक बृद्ध घाइते भएका छन् । घर देखि उत्तर वनमा घाँस काट्न गएका बैला स्थानीय ८१ बर्षीय कर्ण बहादुर भुजेललाई हात्तीले आक्रमण गर्दा घाइते भएका हुन् ।
विहान घाँस काट्न गएका भुजेललाई विहान साढे सात बजे आक्रमण गरि घाइते बनाएको परिवारजनलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय महुलीले जनाएका छन् । हात्तीको आक्रमणबाट भुजेलको हात र शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको पीडित परिवारजनले जनाएको छ ।
घाइते बृद्धको विराटनगरमा उपचार भइरहेको तथा उहाँको स्वास्थ्य अबस्थामा सामान्य रहेको प्रहरीले जनाइएको छ ।
सप्तरीको उत्तरी बन क्षेत्रमा हात्तीको हुलकाहुल आउँदा स्थानीयबासी त्रसित भएका छन् ।

प्रकाशित मिति: २०२६-०२-२१ , समय : २१:४४:०१ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित