सप्तरीका अग्नीपीडित परिवारलाई धर्मीहल्फा क्लवद्वारा राहत वितरण

मिति: २०२६-०३-०१ , समय : २२:४६:२६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा जिल्लाको रुपनी गाउँपालिका ५ भट्टाटोलका तीन परिवारलाई राहत वितरण गरेको छ । पीडितको घरमा आइतबार आयोजित एक समारोहका वीच धर्मीहल्फा क्लवद्वारा अग्नी पीडित परिवारलाई राहत वितरण गरेको हो ।
क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले अग्नी पीडित विष्णु बहादुर पाख्रीन( सुनकुमारी घिसिङ), भिम योन्जन तामाङ ( सर्मिला तामाङ ), नवीन बम्जन ( सुमित्रा तामाङ )को परिवारलाई भाँडाकुँडा, लत्ताकपडा, म्याट्रेस आदि राहत सामाग्री प्रदान गरेका थिए ।
उक्त राहत वितरण कार्यक्रममा पत्रकार बृजमान तामाङ, इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम चौधरी, लगायतका उपस्थिति रहेको थियो ।
शनिबार भएको आगलागीमा सून कुमारीको १ घर र २ गोठ, सर्मिलाको १ र नवीनको १ घर जल्दा १० लाख बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : २२:४६:२६ , 2 months अगाडि