अबैध गाँजा सहित ४ भारतीय र एक नेपाली पक्राउ
मिति: २०२३-०३-२८ , समय : १६:०२:४८ , गामघर डेस्क
मिति: २०२३-०३-२८ , समय : १६:०२:४८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । पछिल्लोपटक माेरङ्गकाे जाेगवनि लगायतका नाकाहरुमा अबैध गाजा तस्करी निकै फष्टाएकाे छ । साेहि क्रममा ईलाका प्रहरी कार्यलय रंगेली माेरङ्गले २ सय ३४ केजी गाँजा सहित ५ जना पक्राउ गरेको छ । प्रहरीले माेरङ्गकाे रगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकै मा रहेको गँहुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा, जिल्ला अररिया हाँसा पञ्चायत बस्ने वर्ष ३० का सिन्टुक कुमार सिँह,भारत कुटहरा बस्ने बर्ष २४ को प्रबिण पासवान र कटापुर बस्ने बर्ष २४ को बिष्णु कान्त मिश्र, रंगेली नगरपालिका वडा नम्वर ३ रंजनी बस्ने बर्ष ४६ का बिर बहादुर कार्कीलाई रंगेली प्रहरीले पक्राउ गरेको छ । उनिहरुकाे साथबाट लागु औषध गाँजा २ सय ३४ के.जी. सहित नियन्त्रणमा लिएको र लागू ओैषध ओसार पाेसार अन्तर्गत मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक चन्द्र खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १६:०२:४८ , 2 years अगाडि