सप्तरीमा पनि ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
मिति: २०२६-०३-०९ , समय : १५:३९:१९ , गामघर डेस्क
मिति: २०२६-०३-०९ , समय : १५:३९:१९ , गामघर डेस्क
तस्बिर : सुनिता साह क्रान्तिकाे सहयोगमा
गामघर डेस्क
राजविराज । आज ८ मार्चका दिन सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित रहेको कृष्ण मन्दिरको प्राङगणमा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
” सबै महिला र बालिकाको लागि अधिकार न्याय र कार्य सहितको अवसर” मुल नाराका साथ तराई मधेस महिला फाऊन्डेशन नेपालकी अध्यक्ष सुनिता साहको अध्यक्षतामा तथा दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झाकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा गजेन्द्रनारायण सिंह अस्पतालका (OCMC ) इन्चार्ज मनिषा सिमखडा, अस्पतालका VCT सेन्टरका इन्चार्ज सुनिता यादव लगायतका स्थानीय बासिन्दा महिला दिदिबहिनीहरु उपस्थितिमा उक्त कार्यक्रममा भव्यताका साथ मनाईएको हाे। 
प्रकाशित मिति: २०२६-०३-०९ , समय : १५:३९:१९ , 9 hours अगाडि