सप्तरी प्रहरी कार्यसम्पादन मुल्यांकनमा मधेस प्रदेशकै प्रथम स्थानमा
मिति: २०२६-०३-१७ , समय : १३:३८:३८ , गामघर डेस्क
मिति: २०२६-०३-१७ , समय : १३:३८:३८ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले फागुन महिनामा प्रहरीको कार्यसम्पादन मुल्यांकन मधेस प्रदेशकै प्रथम स्थान हासिल गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार पत्रकार सम्मेलनमा फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले यस्तो दावी गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले जिल्लामा प्रहरीले आफनो जिम्मेवारी पुरा गरेकोले कार्य सम्पादन मुल्यांकनमा मधेस प्रदेशकै प्रथम र मुलुककै पाँचौ स्थानमा पर्न सफल भएको बताउनु भयो ।
उहाँले शान्ती सुरक्षा, अपराध नियन्त्रण, तस्करी नियन्त्रण, सिमा सुरक्षा तथा सेवाग्राहीहरुको आत्मसन्तुष्टि लगायत प्रहरी सेवा प्रवाह गर्न ‘प्रहरी संगठनले आफनो जिम्मेवारी निर्वाह गरी २०८२ माघ महिनामा मधेस प्रदेशमै प्रथम जिल्ला र मुलुकमै पाँचौ स्थानमा पुग्न फलत भएको बताउनु भयो ।
प्रहरी उपरीक्षक केसीले आफ्नो नेतृत्वको प्रहरी टिम, संचारकर्मीसहित जिल्लाबासीको साथ सहयोगबाट कार्य सम्पादन मुल्यांकनमा सफल भएकोमा प्रत्येक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।
सप्तरी प्रहरीद्वारा सार्वजनिक गरेको प्रगति विवरण अनुसार अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ ६८ वटा मुद्दा,ज्यान सम्बन्धि २७, आत्महत्या ९, चोरी सम्बन्धि ३, संगठित तथा आर्थिक अपराध ५, महिला तथा बालबालिकासम्बन्धि ४, सवारी ज्यान ४ र अन्य १६ मुद्दा दर्ता भएको प्रतिबेदनमा उल्लेख छ ।
यस्तै जघन्य तथा गम्भीर अपराध तर्फ मानव बेचविखन १,बैकिङ्ग कसुर ५ ठगी १ गरि ७ वटा मुद्दा दर्ता भएको उल्लेख छ । पेण्डिङ्ग मुद्दा १ रहेको तथा उक्त मुद्दा फछ्र्यौट भएको प्रगति विवरणमा उल्लेख छ ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत ३४ जना फरार प्रतिवादी नियन्त्रण र त्यसबाट ५ बर्ष ६ महिना कैद तथा २ लाख ९३ हजार जरिवाना असुल गरिएको प्रहरीले माशिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नगरिकको उजुरी, हराएका तथा फेला परेका नागरिकको संख्या, लागू औषध नियन्त्रण तथा संलग्न व्यक्ति पक्राउ,सिमा क्षेत्रबाट हुने चोरी तस्करीका सामान बरामद लगायतका प्रहरीले महिना भरी गरेको गतिविधि प्रगति विवरणमा उल्लेख गरिएको छ । महिना भरी विभिन्न शिर्षकको २ सय ९ उजुरी परेको मध्ये १ सय ८८ फछ्र्यौट भएको र २१ वटा बाँकी रहेको प्रगति विवरणमा उल्लेख छ ।
फागुन महिनामा प्रत्येक्ष रुपमा प्रहरीमा परेको १ सय ४७ उजुरी मध्ये १ सय ३४ फछ्र्यौट गरिएको १३ अझै बाँकी रहेको तथा जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा आएका ६२ मध्ये ५४ उजुरी फछ्र्यौट गरिएको ८ बाँकी रहेको प्रगति विवरण सार्वजनिक गरेको छ । साे पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो ।
प्रकाशित मिति: २०२६-०३-१७ , समय : १३:३८:३८ , 2 hours अगाडि