जबरजस्तीकरणी उद्योग मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ : ६ वर्ष कैद भुक्तान गर्न बाँकी
मिति: २०२६-०३-२३ , समय : १४:२१:५७ , गामघर डेस्क
मिति: २०२६-०३-२३ , समय : १४:२१:५७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई सात वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले आइतबार चन्द्रागिरि नगरपालिका–५, आकाशे टोलबाट २५ वर्षीय सुभाष सुनारलाई नियन्त्रणमा लिएको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, सानुटार घर भई हाल चन्द्रागिरि बस्दै आएका सुनारलाई काठमाडौँ जिल्ला अदालतले २०७५ जेठ २४ गते दोषी ठहर गरेको थियो। अदालतको फैसला अनुसार उनले ५ वर्ष ११ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी छ। सजाय सुनाइए लगत्तै फरार भएका उनी लुकिछिपी काठमाडौँमै बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार सुनारलाई आइतबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि आइतबार नै काठमाडौँ जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको छ। अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाएको छ।
प्रकाशित मिति: २०२६-०३-२३ , समय : १४:२१:५७ , 2 hours अगाडि