मिथिलान्चलमा चैती छठ पर्व धुमधामका साथ मनाईयाे
मिति: २०२६-०३-२५ , समय : ०९:३२:१३ , गामघर डेस्क
मिति: २०२६-०३-२५ , समय : ०९:३२:१३ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज । मिथिलान्चल सहित तराई मधेशमा श्रद्धा र निष्ठा पूर्वक चार दिवसीय चैती छठ पर्व अन्तर्गत तेश्रो दिन मंगलबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइएर मनाइएकाे छ। सुर्यलाई अर्घ दिएर व्रतालुले आफ्ना परिवारको सुखः शान्ति र दिर्घायुको कामना गरेर मनाईएकाे हाे ।
सप्तरीको राजविराजस्थित भगवती, कल्टु, तुृरन्ती र पुरणी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठघाटमा व्रतालुले सुर्यलाई अर्घ दिएका छन । भाकल गरेका कतिपय व्रतालु अस्ताउँदो सुर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पुजाघाटसम्म पुगेका थिए ।

चार दिवसीय छठ पर्व अन्र्तगत बुधवार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि समापन हुने छ ।
सप्तरीको राजविराज नगरपालिका वडा न. ८ निवासी सुमित्रा गुप्ताले परिवारको सुख, शान्ति र इच्छित मनोकांक्षाका लागि सूर्यको पूजा गर्ने गरेको सुनाइन् ।
प्रकाशित मिति: २०२६-०३-२५ , समय : ०९:३२:१३ , 3 hours अगाडि