ग्रामीण भेगका बालबालिकाहरू ८ किलोमिटर सडक दूरी पार गरेर विद्यालय जान बाध्य
मिति: २०२६-०३-२६ , समय : १७:१९:०१ , रविन्द्र बराल
मिति: २०२६-०३-२६ , समय : १७:१९:०१ , रविन्द्र बराल
तस्बिर : रविन्द्र बराल / विराटनगर
रविन्द्र बराल
विराटनगर ।
के तपाईँ पत्याउनु हुन्छ ? माेरङकाे यस्तो गाउँ छ जुन गाउँमा पुग्नका लागि कुनै पनि सडकले छाेएकाे छैन । भारतीय भुमि भएर उक्त गाउँ जानुपर्ने बाध्यता स्थानीयहरुले बातउदै आईरहेका छन। माेरङकाे रतुवामाई ३ स्थित मिर्चाडागी गाउँमा पुग्नका लागि बर्षेकाे समयमा रतुवाखाेलामा पानीको मात्रा बडेपछि नेपाली भुमिबाट कुनै पनि सडककाे बिस्तार नहुदा भारतीय भुमि भएर उक्त गाउँमा जानुपर्ने बाध्यता रहेको छ ।
श्री लंकाकाे टापु भनेर चर्चित समेत रहेको साे गाउँमा बिगत १४ बर्ष अगाडि गाउँ भित्र आवतजावत गर्नेका लागि पहिलोपटक ग्रावेल सडक निर्माणकार्य भएता पनि लामाे समय बितिसक्दा समेत अहिलेसम्म पनि उक्त गाउँमा अहिलेसम्म कुनै पनि मुख्य सडकले छाेएकाे छैन। गाउँमा ८० देख १ सय घपरिवरहरु बसोबास गर्दै शान्ति सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र विओपी समेत स्थापना गरेता पनि साे क्याप सम्म आवतजावतका निकै समस्या हुने गरेको छ। बर्खाको समयमा बेस क्याम्पसम्म पुग्न हिलाम्मे सडक भएर पुग्नुपर्ने बाध्यता रहेको छ । गाउँमा समेत गस्ती गर्न तथा आवतजावत गर्नलाई सशस्त्र प्रहरीले निकै नै दुःख गरेर जनताको जिउ धनको सुरक्षा गर्नुपर्ने अवस्था समेत रहेको छ।
गाउँमा सार्वजनिक विद्यालय रहेता पनि विद्यालयमा कक्षा ३ सम्म मात्रै पठनपाठन भएपछि सो गाउँका बालबालिकाहरू विगत लामो समयदेखि तीन कक्षा अध्ययनरत गरिसकेपछि ४ कक्षा देखि पठनपाठनका लागि भारतको भूमि हुँदै ८ किलोमिटर सडक पार गरेर झापाको गौरीगञ्जसम्म गएर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ। भारतीय भूमि हुँदै नेपाली भूमि भएर नेपालकाे बिधालयमा आएर पठनपाठन गर्ने बाध्य रहेका छन ।
बिगत ३० बर्ष देखि नेपाली काङ्ग्रेसका स्वार्गय गिरिजाप्रसाद काेईराला ,आमाेद प्रसाद उपाध्य, नेकपा एमालेका ऋिषिकेश पाेख्रेल र नेपाली काङ्ग्रेसका डाक्टर मेनेन्द्र रिजाल ले समेत साे क्षेत्रबाट राजनीतिक गर्ने थलाे बनाएता पनि साे गाउँका जनताहरुले भने अहिलेसम्म कुनै पनि शिक्षा,स्वास्थ्य र सडककाे पहुँचमा आउन सकेका छैनन् । स्थानीय महिलाहरूका अनुसार हाम्रो गाउँमा कुनै पनि माेठ मन्दिर नभएको र आफूहरूलाई साँझ बिहान पूजा गर्नका लागि मन्दिर नहुँदा निकै नै समस्या परेको र समय समेत काट्न गाह्रो पर्ने गरेको स्थानीय बिमला देवि गनगाईले बताईन ।
प्रकाशित मिति: २०२६-०३-२६ , समय : १७:१९:०१ , 2 hours अगाडि