सप्तरीकाे गजेन्द्रनारायण सिंह अस्पतालका पाँच चिकित्सकलाई दरबन्दीमै फर्काईयो
मिति: २०२६-०३-३१ , समय : २१:४९:४२ , गामघर डेस्क
मिति: २०२६-०३-३१ , समय : २१:४९:४२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रही विभिन्न अस्पतालमा काजमा खटिएका चिकित्सकलाई फिर्ता गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार राजविराजमा दरबन्दी भई विभिन्न निकायमा कार्यरत पाँच जना चिकित्सकलाई दरबन्दीमै फर्काइएको हो ।
यहाँका अस्पतालमा दरबन्दी भएका इ.एन.टी सर्जन वरिष्ठ कन्सल्टेन्ट डा. रोहित बज्राचार्य, कन्स्ल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोशनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देव, कन्स्ल्टेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल र कन्स्लटेन्ट साइक्याट्रिष्ट डा. सुशिल समदर्शी विभिन्न ठाउँमा काजमा खटिदैं आएका थिए ।
डा. रोहित दशौं तहका, डा. जोसनलाल, डा. विशाल कुमार, डा. प्रकाश र डा. सुशील नवौं तहका चिकित्सक हुन् ।
डा. रोहित भरतपुर अस्पताल चितवनमा, डा. जोसनलाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोशी प्रदेश अन्तर्गत, डा. विशाल कुमार कोशी अस्पताल विराटनगर, डा. प्रकाश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लुम्बिनी प्रदेश अन्तर्गत र डा. सुशील मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कर्णाली प्रदेश अन्तर्गतमा कार्यरत थिए ।
प्रकाशित मिति: २०२६-०३-३१ , समय : २१:४९:४२ , 2 hours अगाडि