मधेस प्रदेश : ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका इन्स्पेक्टर पक्राउ
मिति: २०२६-०४-०३ , समय : १४:१२:५३ , गामघर डेस्क
मिति: २०२६-०४-०३ , समय : १४:१२:५३ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बर्दिबास कार्यालय महोत्तरीले घुस रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई पक्राउ गरेको छ ।
स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट आज उनी पक्राउ परेका बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
कमला–ढल्केवर–बागमती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने गाडीहरू रोक्ने र घुस माग्ने गरेको उजुरीका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो । पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२६-०४-०३ , समय : १४:१२:५३ , 3 hours अगाडि