सप्तरीकोे राजविराज–भारदह सडकको झलहीमा स्थानीय युवाहरुद्वारा सडक जाम

मिति: २०२६-०४-१२ , समय : ०७:३३:३४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीकोे राजविराज–भारदह सडक खण्ड अन्तर्गत झलही क्षेत्रमा निर्माण कार्य अघि नबढेपछि स्थानीय युवाहरूले सडक जाम गरेका छन् ।
निर्माणमा भएको ढिलाइका कारण धुलोको सास्तीको कारण आवागमनमा अत्यन्त कठिनाइ भइरहेको भन्दै स्थानियहरूले विरोधस्वरूप शनिवार सडक अवरुद्ध गरेका हुन् ।
सडक जामका कारण उक्त खण्डमा सवारी साधन पूर्ण रूपमा ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । अत्यावश्यक कामका लागि हिँडेका सर्वसाधारण, विद्यार्थी तथा बिरामीहरू समेत प्रभावित भएका थिए ।
स्थानीय संजय यादवका अनुसार ठेक्का लागेको वर्षौं बितिसक्दा पनि सडक निर्माणले गति लिन नसकेको कारण सडक जाम गर्न बाध्य भएको बताउनु भयो । सडक खनेर लामो समयदेखि अलपत्र छाडिँदा सवारी साधन गुड्दा उड्ने धुलोले दैनिक जीवन कष्टकर बनेको छ । धुलोका कारण स्वास्थ्यमा समेत प्रतिकूल असर परेको स्थानीयवासी बतायँछन ।
स्थानियबासीहरु दिनहुँ धुलो खान बाध्य छौं, हिँडडुल गर्नै गाह्रो भएको छ। ठेकेदार र सम्बन्धित निकायको लापरबाहीका कारण यस्तो सास्ती भोग्नुपरेको स्थानीय भन्नालाल यादवले बताउनु भयो ।
स्थानियहरूले तत्काल सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरे पनि माग पूरा नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।
शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले २०७९ साल असार २३ गते सडक डिभिजन कार्यालय लहानमार्फत २२ करोड ५३ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटक–पटक थपिँदै आए पनि अपेक्षित प्रगति हुन सकेको छैन। १० मिटर चौडाइको सडक, नाला तथा अन्य संरचना सहित राजविराजदेखि पुर्वतर्फ ८ किलोमिटर खण्ड निर्माण गर्नुपर्ने भए पनि हालसम्म आधारभूत संरचना नै पूरा हुन सकेको छैन।
सडक विभागका अनुसार हालसम्म भौतिक प्रगति करिब ३० प्रतिशत मात्र रहेको जनाएको छ। सडक डिभिजन कार्यालय लहानका इन्जिनियर शिवनारायण साहले लामो समयसम्म काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०४-१२ , समय : ०७:३३:३४ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्