सप्तरीमा बालविवाह न्यूनीकरण र बालिका शिक्षाको लागि बृहत र्‍याली

मिति: २०२६-०४-१३ , समय : १६:१०:०२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
सप्तरीको राजविराज नगरपालिका १ को राम टोलमा बालविवाह न्यूनीकरण र बालिका शिक्षाको लागि शनिबार बृहत र्‍याली प्रदर्शन गरेको छ । परिकल्पना नेपाल सप्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा राम टोलबाट निकालिएको र्‍याली प्रदर्शन गरिएको हो ।
‘छोराछोरी बराबरी, बालविवाह अन्त्य गरौ,महिला हिंसा बन्द गरौँ,छोरा सरह छोरीलाई शिक्षा र सम्मान दिउँ,दाइजो प्रथा बन्द गरौँ’ लगायत नारा लगाउँदै र्‍यालीले टोलको परिक्रममा गरिएको थियोे ।
जनचेतनामूलक र्‍यालीले बालिकाको शिक्षामा पहुँच बढाउन र बालविवाह न्यूनीकरणका लागि समुदायमा सकारात्मक प्रभाव पर्ने सहभागी राजविराज नगरपालिका वडा न.१ का लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालयका प्रधानाध्यापक विक्रम झाले बताउनु भयो ।
संस्थाको नियमित कार्यक्रम अन्तर्गत निकालिएको र्‍यालीमा संस्थाका कर्मचारी,पदाधिकारी सदस्यहरू,प्रहरीहरू,,स्थानीय किशोर किशोरी,महिला तथा पुरूषको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: २०२६-०४-१३ , समय : १६:१०:०२ , 2 hours अगाडि