सप्तरी प्रहरीकाे सक्रियतामा फरार १४ जना प्रतिवादी पक्राउ
मिति: २०२६-०४-१४ , समय : २२:२७:४८ , गामघर डेस्क
मिति: २०२६-०४-१४ , समय : २२:२७:४८ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा घरेलु हिंसा मुद्दाका १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । घरेलु हिंसा मुद्दामा दोषी ठहर भई फरार उहाँहरुलाई नियन्त्रणमा लिएर सोमबार सप्तरी जिल्ला अदालतमा दाखिला गरीएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार घरेलु हिंसा मुद्दामा १० हजार जरिवाना ३ महिना कैद सजाय तोकिएको जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का राम कुमार चौधरी, सोही ठाउँका नवीन चौधरी रहेका छन् ।
यसैगरी सोही मुद्दामा दोषी ठहर भई जनही ३ हजार जरिवाना तोकिएको सोही स्थानका बसन्त चौधरी,सुर्य नारायण सिंह, हिरण चौधरी,सुर्या नारायण चौधरी,विवेक पौडेल,उर्मिला चौधरी,नारायण चौधरी रामसागर चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएका उहाँहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि सोमबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२६-०४-१४ , समय : २२:२७:४८ , 5 hours अगाडि