नयाँ बर्ष २०८३ : ताजपुरीया र राजवंशी समुदायले मनाए सिरुवा पर्व
मिति: २०२६-०४-१५ , समय : ०९:३४:३१ , रबिन्द्र बराल
मिति: २०२६-०४-१५ , समय : ०९:३४:३१ , रबिन्द्र बराल
तस्बिर : रबिन्द्र बराल / विराटनगर
रबिन्द्र बराल
विराटनगर ।
कोशी प्रदेशको मोरङकाे रतुवामाई नगरपालिका ३ स्थित हनुमान चाेक नजिकै ताजपुरीया र राजवंशी समुदाय हरुले आफ्नो सिरुवा पर्वकाे उपलक्ष्यमा हिलाे कादाे खेलेर धुमधामका साथ नयाँ बर्ष बैशाख १ गतेदेखि ३ गतेसम्म उनिहरुले भब्यरुपमा मनाईरहेका छन ।

“कादमाटिर तन हामार, धरती से हमर जीवन। काद सिरुवा खेल करावे हामा सभारो मिलान” भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसर पारेर गढी महाराजस्थानमा ‘सिरुवा पाउने शुभकामना आदानप्रदान तथा काद सिरुवा खेल कार्यक्रम’ आयोजना गरिएको छ। ताजपुरिया समाज कल्याण परिषद्को आयोजनामा उक्त कार्यक्रममा गरिएको थियोे ।
स्थानीय युवा ,युवती , महिला, बालबालिका हरुकाे समेत हिलाे कादाे खेलमा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले परम्परागत संस्कृतिको जगेर्ना गर्दै आपसी सद्भाव, एकता र मेलमिलापको सन्देश फैलाएउ र आफ्नो संस्कृति लाई लाेपहुन नदिनका लागि यस्तो कार्यक्रमकाे आयोजना गरिएको थियोे । उक्त कार्याक्रम्मा ताजपुरिया समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरिया, रतुवामाई नगरप्रमुख नागेश्वर प्रसाद सिंह, राजवंशी समाज विकास समिति केन्द्रीय सदस्य दीपक कुमार राजवंशी, देवी लाल ताजपुरिया , कल्याणी देवी ताजपुरिया , नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित संघीय परिषद सचिव शाैलेन्द्र ताजपुरीया, लागायतकाे समेत उपस्थिति रहेको थियोे ।
उनिहरुले चिप्लो माटाेलाई पानीमा भिजाएर एक आपसमा शुभकामना आदानप्रदान गर्दे हिलाम्मे भएर आएआपसमा लगाएर मनाएका थिए । विशेषगरी काद (हिलो) खेल्ने परम्परागत सिरुवा खेल प्रदर्शन गरिएको थियो । स्थानीय ताजपुरिया समुदायको मौलिक पहिचान झल्काएको सहभागी हरुले जानकारी समेत दिएका थिए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा ललितपुरकाे आर्थिक सहयोगमा कार्यक्रम समेत गरिएको थियोे । 
प्रकाशित मिति: २०२६-०४-१५ , समय : ०९:३४:३१ , 3 hours अगाडि