सप्तरीमा तरबारले केक काटने चार जना युवक पक्राउ
मिति: २०२६-०४-१७ , समय : १९:०४:५२ , गामघर डेस्क
मिति: २०२६-०४-१७ , समय : १९:०४:५२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा तरबारले केक काटेपछि चार जना पक्राउ परेका छन् ।
जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा तिरहुत गाउँपालिका ५ बुधेवाका २३ बर्षीय मो. इमरानको जन्म दिन मनाउने क्रममा तरबारले केक काटिएको थियो ।
बैशाख २ गते साँझ भेला भई तरबारले केक काटेर जन्म दिन मनाएका उहाँहरुलाई ३ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इमरानसहित हनुमाननगर कंकलिनी नगरपालिका वडा न.१ का २० बर्षीय धर्मबीर मालाकार, १८ बर्षीय करण कुमार दास र १९ बर्षीय गोबिन्द खड्का छन् ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजका प्रहरी निरीक्षक अनिल कुमार साहले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२६-०४-१७ , समय : १९:०४:५२ , 3 hours अगाडि