सप्तरीमा ९ महिनामा झण्डै डेढ करोड भन्दा बढीको राजस्व सङ्कलन
मिति: २०२६-०४-१९ , समय : २०:०६:५३ , गामघर डेस्क
मिति: २०२६-०४-१९ , समय : २०:०६:५३ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज ।
सप्तरी प्रहरीले चालु आर्थिक वर्षको ९ महिनामा डेढ करोड भन्दा बढीको राजस्व सङ्कलन भएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा विशेष कार्य योजना लागु गरेपछि प्रहरीले विभिन्न अवैध क्रियाकलाप रोकथाम तथा कारबाहीका क्रममा डेढ करोड भन्दा बढी राजश्व सङ्कलन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले अवैध मालसामान बरामद, लिलामी, फरार प्रतिवादी कार्यान्वयनतर्फ जरिवाना वसुली लगायतका कारबाहीबाट एक करोड ५६ लाख २१ हजार ७२१ रुपियाँ राजश्व सङ्कलन भएको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।
त्यसमा सबै भन्दा बढी भन्सार छली अवैध मालसामान बरामदबाट एक करोड सात लाख १४ हजार एक सय ६८ रुपियाँ राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
लिलामी प्रकृयाबाट १८ लाख ५४ हजार ६१७, अदालती फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीबाट जरिवाना वसुल २९ लाख सात हजार तीन सय ३६ तथा नदीजन्य उत्खनन लगायतका विधामा एक लाख ४५ हजार छ सय रुपियाँ राजश्व सङ्कलन गरिएको छ ।
प्रहरीले सोही अवधिमा विभिन्न अपराधका २७८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवधीमा २९ सय ६० किलो प्रतिबन्धित लागु औषध गाँजा, ३८० ग्राम ब्राउन सुगर, लागु औषध ठहर भएका विभिन्न ब्रान्डका सुई, ट्याबलेट, सिरप लगायतका सामाग्री बरामद गर्नुका साथै विभिन्न अपराधका ५३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०४-१९ , समय : २०:०६:५३ , 2 hours अगाडि