सप्तरीकाे गोरगामाका एक दलित युवककाे मलेसियामा शव बन्धक, दुबईमा एक बेपत्ता

मिति: २०२६-०४-२० , समय : १६:०६:०६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.६ गोरगामाका ३२ वर्षीय मनजय सदाको मलेसियामा शव बन्धक रहेको छ । १२ वर्षअघि मनजय मलेसिया गत चैत २६ गते बिहान बिरामी भएर उपचारको क्रममा मलेसियाको सेलाङ्गोर राज्यको क्लाङ सहरस्थित तेंग्कु अम्पुअन राहिमह अस्पतालमा उहाँको निधन भएको हो ।
मनजयको परिवारलाई रोजगारदाता कम्पनीबारे जानकारी नभए पनि उहाँ सुरक्षागार्डको काम गर्दै आउनुभएको थियो । अहिले उपचारमा लागेको करिब ७ लाख रूपैयाँ तिर्न नसक्दा मनजयको शव अस्पतालमै बन्धक छ ।
मनजय सदाको मृत्यु भएकै दिन वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत मलेसियाबाट शव ल्याइदिन माथिल्लो निकायलाई गुहारे पनि अहिलेसम्म कुनै सुनवाइ हुन सकेको छैन।
यस्तै १ वैशाख २०७९ मा सपोर्ट मेनपावर कम्पनीमार्फत दुबई पुग्नुभएका सप्तरीको शम्भुनाथ नगरपालिका ४ सिरकजरीका ४२ वर्षीय देवनारायण राम गत मंसिर ५ देखि सम्पर्कविहीन हुनुहुन्छ ।
दुबई विमानस्थलमा सरसफाइको काम गर्दैआएका देवनारायण बेपत्ता भएपछि पत्नी निलमदेवीले जिल्ला प्रशासनदेखि वैदेशिक रोजगार बोर्ड र कन्सुलर विभाग गुहारेको महिनौं बितिसक्यो । तर, अहिलेसम्म देवनारायण सम्पर्कमा आउनु भएको छैन ।
मलेसियाका अस्पतालमा बन्धक रहेका मनजय सदाको शव नेपाल ल्याई अन्त्येष्टी गर्न परिवारको जिम्मा लगाउनु र दुबईमा बेपत्ता भएका देवनारायण रामको खोजीतर्फ सरकार र परराष्ट्र मन्त्रालयको ध्यान पुग्नु जरूरी देखिन्छ ।

प्रकाशित मिति: २०२६-०४-२० , समय : १६:०६:०६ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित