सवारी दुर्घटना परी निधन भएका डा.शशी यादवको स्मृतिमा श्रद्धाञ्जली सभा

मिति: २०२६-०४-२० , समय : २१:०५:०८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सवारी दुर्घटना परी निधन भएका सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का स्वर्गीय.डा.शशी कुमार यादवको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । स्वर्गीय डा. यादवको ११ औ दिनको पुण्य तिथिको अवसरमा सोमबार सौभाग्य कृषि सहकारी संस्था छिन्नमस्ता –३ सखडाद्वारा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
स्वर्गीय डा. यादवको निवासमा आयोजित कार्यक्रममा बोल्दै साबिक लालापट्टी गाविसका अध्यक्ष निर्मल यादव, प्रतिष्ठित कथावाचक पण्डित राम कुमार शास्त्री, पण्डित.धन्नजय,आयोजक संस्थाका अध्यक्ष प्रमोद कुमार मल्लिक, प्रबन्धक नन्द कुमार खंग, समाजसेवी इन्जिनियर सूर्य नारायण यादव, प्रहरी सहायक निरीक्षक राम नारायण यादव लगायतले शोक मन्तव्य व्यक्त गर्दै स्वर्गीय डा. यादवको योगदान बारे चर्चा गरेका थिए ।
स्वर्गीय डा यादव सरल स्वभाव र मृदुभाषी, प्रसिद्ध चिकित्सक रहेको चर्चा गर्दै उहाँहरुले डा. यादवले आफ्नÞो जन्मस्थल लालापट्टीमा समय समयमा निशुल्क स्वस्थ्य सेवा समेत प्रदान गर्दै आएको स्मरण गरेका छन । पहिचानवादी आन्दोलनमा वहाको भूमिका निकै सक्रिय रहेको बताउँदै उहाँहरुले स्वर्गीय डा. यादवको निधनले ठूलो क्षति भएको बताउनु भयो ।
भारतको बिहार राज्यको सुपौल जिल्लाको सिमराहीमा निजी क्लिनिकमा सेवारत डा. यादवको २०८२ चैत २७ गते मोटरसाइकल दुर्घटनामा परी ४५ बर्षको अल्पायूमै निधन भएको थियो ।डा. यादवले सुपौलमा नेपाली डाक्टर उपनामले प्रसिद्धि आर्जन गरेका थिए।
धर्मी प्रसाद यादवको नाति,गिरवर यादवको जेठो छोरा स्वर्गीय डा. यादवको २ छोरा र श्रीमती छन् । जेठो छोरा अमेरिकामा इन्जिनियरिंङ्ग बिषय लिएर अध्ययनरत रहेको परीवारजनले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०४-२० , समय : २१:०५:०८ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित