सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको निर्णय रोक्न उच्च अदालतद्वारा अन्तरिम आदेश

मिति: २०२६-०४-२१ , समय : १६:४४:४४ , गामघर डेस्क

गामघर डेस्क

राजबिराज ।
उच्च अदालत जनकपुरधाम, राजविराज इजलासले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको एक निर्णयमाथि अन्तरिम आदेश जारी गर्दै तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
हनुमानगर कंकालनी गरपालिकाका विरूद्व निवेदककाे तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र प्रसाद यादव, अधिवक्ताहरू धर्मेन्द्र प्रसाद यादव, देव बहादुर कटुवा र सुमन कुमार मिश्राले बहस पैरवी गरेका थिए।
न्यायाधीश उज्जवल शुक्लको एकल इजलासले निवेदकको माग तथा प्रस्तुत कागजातहरूको अध्ययनपछि उक्त आदेश जारी गरेको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिँदै विपक्षी पक्षसँग लिखित जवाफ मागेको छ।

आदेशअनुसार विपक्षीलाई म्याद सूचना जारी गरी १५ दिनभित्र आफ्नो धारणा पेश गर्न भनिएको छ। साथै, मुद्दाको गम्भीरतालाई मध्यनजर गर्दै अन्तिम निर्णय नहुँदासम्म विवादित निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको हो।

अदालतले तोकेको मितिमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन समेत निर्देशन दिएको छ। यस आदेशसँगै नगरपालिकाबाट भएको निर्णय हालका लागि स्थगित भएको छ। यस प्रकरणमा अन्तिम निर्णय अदालतको आगामी सुनुवाइपछि हुने बताइएको छ।

प्रकाशित मिति: २०२६-०४-२१ , समय : १६:४४:४४ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित