सन्त निरंकारी मण्डल नेपालद्वारा सप्तरीकाे राजविराजमा रक्तदान शिविर
मिति: २०२६-०४-२५ , समय : २१:४०:०७ , गामघर डेस्क
मिति: २०२६-०४-२५ , समय : २१:४०:०७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
सप्तरी ।
सन्त निरंकारी मण्डल नेपालले मानव एकता दिवसको अवसरमा राजविराजमा रक्तदान शिविर सम्पन्न गरेको छ । “मानिसको रगत नालीमा होइन, नाडीमा बगाऔं” भन्ने नारासहित शनिबार राजविराज २, तेतरीगाछीमा एक दिने शिविर सम्पन्न गरिएको हो ।
सन्त निरंकारी मण्डल नेपाल, राजविराजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष अरुण यादवको उपस्थितिमा दर्जनौँ व्यक्तिहरूले रक्तदान गरेका थिए ।
शिविर सन्त निरंकारी मण्डल राजविराजका प्रमुख लक्ष्मणलाल दासको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा वडाध्यक्ष अरुण यादव, पत्रकार चन्दन यादव तथा स्वास्थ्यकर्मी मनोज देवले मानव सेवामार्फत नै साँचो धर्मको अभ्यास हुने बताएका थिए । कार्यक्रममा विभिन्न स्थानबाट आएका सन्त निरंकारी मण्डलका कार्यदल सदस्यहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२६-०४-२५ , समय : २१:४०:०७ , 2 hours अगाडि