सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कमिसनको लागि गैरकानुनी भुक्तानी गरेको खुलासा

मिति: २०२६-०४-२८ , समय : ०७:१९:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मंडलले एक करोड रुपैयाँ भन्दा बढी गैरकानुनी भुक्तानी गरेको आरोप लागेको छ । दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत सरुवा भई आउन लागेको मौका छौपेर कमिसनका लागि हतारहतारमा भुक्तानी गरेको लेखा शाखा श्रोतबाट जानकारी प्राप्त भएको छ । सोही सम्बन्धमा पालिकाको लेखापाल राचन्द्र पैकराले भुक्तानि भएको स्वीकारेका छन ।
स्रोतका अनुसार, शिक्षा मन्त्रालयमा दरबन्दी रहेको विजय कुमार मंडलले मोटो रकमको चलखेल गर्दै पटक–पटक डाकनेश्वरी नगरपालिकामा सरुवा भएर आउने गरेका छन्। गत आर्थिक वर्षमा आएपछि उहाँले तीन महिनासम्म यहाँ कार्यरत रहनु भएको थियो। नगरपालिकाका कर्मचारीका अनुसार, उहाँले प्रमुख रामलखन मलाहको सेटिङ्गमा दैनिक एक लाख रुपैयाँको दरले अनियमिता गरिरहेका थिए। यो घटनाले स्थानीय शासन र प्रशासनको छवि माथि गम्भीर प्रश्न उठाइएको छ। मंडल असोजमा पुनः डाक्नेश्वरी नगरपालिका सरुवा गराएर आएको थियो । नयाँ सरकार गठन भएपछि दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत उपसचिव आउन लागेपछि उहाँले एक पटक फेरि उपसिवको सरुवा रोक्ने प्रयास गरेका थिए ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मंडलसँग प्रतिक्रिया लिन खोज्दा उहाँले सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित मिति: २०२६-०४-२८ , समय : ०७:१९:४९ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित