हावाहुरीले सप्तरी एफएमकाे टावरमा क्षति , प्रसारण अवरुद्घ

मिति: २०२६-०५-०६ , समय : १३:५०:११ , गामघर डेस्क

गामघर डेस्क

हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१० इनर्वामा सन्चालित सप्तरी एफएम 98.5 मेगाहर्जकाे टावर हावाहुरीले भत्काएको छ । लगातारको हावाहुरीले एफएमकाे टावर पुर्ण रुपमा क्षति भएको एफएमका सन्चालक कमल मण्डलले जानकारी दिनुभयो । टावरमा क्षति भएपनि कुनै मानवीय क्षति नभएको मण्डलले बताउनुभयाे । यता टावरमा क्षति भएपछि एफएमकाे प्रसारण समेत बन्द रहेको छ ।

प्रकाशित मिति: २०२६-०५-०६ , समय : १३:५०:११ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित