सशस्त्र प्रहरीद्वारा झण्डै २० लाख भारतीय रुपैयाँ बरामद
मिति: २०२६-०५-१२ , समय : ०७:५४:४७ , गामघर डेस्क
मिति: २०२६-०५-१२ , समय : ०७:५४:४७ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मोरङमा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए । उक्त झोलाबाट ५०० दरका ४० बण्डल २० लाख बराबरको भारतीय रुपियाँ बरामद भएको हो ।
बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी बलले जनाएको छ
प्रकाशित मिति: २०२६-०५-१२ , समय : ०७:५४:४७ , 3 hours अगाडि