टिकटकमा अश्लिल गतिविधिबाट चर्चित न्यु स्टार पुनः पक्राउ : आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान
मिति: २०२६-०५-१२ , समय : १८:३९:३२ , गामघर डेस्क
मिति: २०२६-०५-१२ , समय : १८:३९:३२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज ।
मधेस प्रदेशको धनुषामा टिकटकमार्फत अश्लिल कुराकानी तथा अभद्र व्यवहारका कारण चर्चामा आएका अमित यादवलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको गणेशमानचारनाथ नगरपालिका–८ चितहा लवटोली (पोर्ताहा) निवासी दिनेश यादवका करिब २७ वर्षीय छोरा अमित यादव उर्फ “न्यू स्टार” लाई सप्तरी प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार यसपटक उनलाई टिकटकमा अश्लिल गालीगलौज र अभद्र व्यवहारको आरोपमा नभई आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। एक युवतीलाई टिकटक भिडियोको विषयलाई लिएर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
धनुषा प्रहरीको समन्वयमा सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान घरबाटै पक्राउ गरी थप अनुसन्धानका लागि सप्तरी लगेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०५-१२ , समय : १८:३९:३२ , 1 hour अगाडि