मिथिलाञ्चलका महिलाहरु वट सावित्री (बरसाइत)पर्व मनाउँदै
मिति: २०२६-०५-१६ , समय : ०८:५०:५० , निकेस शाह
मिति: २०२६-०५-१६ , समय : ०८:५०:५० , निकेस शाह
निकेस शाह
बरमझिया । आज शनिबार मिथिलाञ्चलमा महिलाहरुले वट सावित्री (बरसाइत)पर्व निष्ठाका साथ मनाएका छन् । जेष्ठ महिना महिलाहरुले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् ।
संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरु वट सावित्रीको व्रत बस्ने अनिवार्य वरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाहरुले आफ्नो दिर्घ शौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् । 
वरको रुखमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको वास हुन्छ। वटवृक्षको जरामा ब्रह्मा, बीचको खाँबोमा विष्णु र लहरा तथा पातमा महादेवको वास हुन्छ भने तलतिर लत्रेको शाखाहरुमा सावित्रीको बास हुने छ।
अमावश्या तिथिको दिन पर्ने वट सावित्रीको पूजामा मिथिलाका महिलाहरुले माता सावित्रीको पतिपरायणता देखेर यमराजले समेत उनका पति सत्यवानलाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ । मिथिला क्षेत्रमा वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको छ ।
मिथिला क्षेत्रबाट राजधानी आएका महिलाहरुले आज आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै नजिकैको बरको रुखमा विधिवत् रूपमा पूजा गरेका छन् ।
प्रकाशित मिति: २०२६-०५-१६ , समय : ०८:५०:५० , 2 hours अगाडि