गाँजा तस्करीको हव बन्दै सप्तरी : झण्डै १ सय ४१ किलो गाँजासहित २ जना पक्राउ
सवारी ज्यान मुद्दामा विगत ८ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
मिति: २०२६-०५-१६ , समय : १६:२८:३२ , गामघर डेस्क
मिति: २०२६-०५-१६ , समय : १६:२८:३२ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरी प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजासहित दुइजनालाई पक्राउ गरेको छ। धनकुटाका साङगुरीगढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बु एक सय ४१ किलो गाँजासहित बिहीबार पक्राउ गरेको हो।
पूर्व–पश्चिम राजमार्गको खडक नगरपालिका वडा नम्बर ५ रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल १ सय ४१ किलो गाँजा फेला परेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले बताउनु भयो ।
पिकअप भ्यान सहित दुबैजनालाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैविच सवारी ज्यान मुद्दामा विगत ८ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनामा संलग्न रही फरार रहेका खडक नगरपालिका वडा नम्बर १० का २६ वर्षीय शिभामणी चौधरीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा बेल्हाबाट पक्राउ गरेको जनाएको छ । सवारी ज्यान मुद्दा कसुरमा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी जनाएको छ ।
२०८२ असोज १६ गते खडक नगरपालिका वडा नम्बर ११ मा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा चालकहरु चिन्तामणी चौधरी र सोभिन कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैगरी अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने र गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय संजय चौधरी छन् । राजेन्द्र प्रसाद साहको जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-१६ , समय : १६:२८:३२ , 1 hour अगाडि