बिदा दिनको सदुपयोग : सप्तरीमा जुवा तास खेलिरहेको अवस्थामा स्वास्थ्य शाखा प्रमुखसहित १० जना पक्राउ

मिति: २०२६-०५-१७ , समय : २१:५३:३४ , गामघर डेस्क

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे सप्तकोशी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सप्तरीको कञ्चनरूप नगरपालिका– ४ स्थित बकाल क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तकोशीका स्वास्थ्य शाखा प्रमुख महेश चौधरी, कृषि शाखाका प्राविधिक सहायक अमित चौधरी, अवकाशप्राप्त प्रधानाध्यापक गजेन्द्र चौधरी, सत्यनारायण सरदार, व्यवसायी सञ्जय साह, वैदेशिक रोजगारीमा संलग्न विजय सरबरिया, दीपेशकुमार थापामगर, ६७ वर्षीय अवकाशप्राप्त कर्मचारी पुलकित चौधरी, वडा नं. ८ स्थित इन्टरनेसनल स्कुलका संस्थापक पप्पु गुप्ता तथा सुन व्यवसायी रामसुन्दर साह रहेको प्रहरी स्रोतले जनाएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १० जनालाई पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए। उनले भने, ‘थप विवरण भोलि म्याद थप भएपछि सार्वजनिक गरिनेछ।’

यता पक्राउ परेकाहरूको साथबाट दुई लाख रुपैयाँभन्दा बढी नगद, तास तथा जुवा खेल्न प्रयोग गरिएका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२६-०५-१७ , समय : २१:५३:३४ , 13 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित