सप्तरीको राजविराज स्थित हुलाकी सडकमा चक्का जाम : अत्यधिक धुलोका कारण स्थानीयवासीहरु चिन्तित
मिति: २०२६-०५-२० , समय : १९:५२:५८ , गामघर डेस्क
मिति: २०२६-०५-२० , समय : १९:५२:५८ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराजमा विगतंदेखि हुलाकी सडक क्षेत्रमा धुलो रहिल्लोको कारण स्थानीयवासी हुलाकी सडकमा चक्काजाम गरिएको छ । बुधबार बिहानदेखि राजविराज–१ स्थित हनुमान मन्दिरदेखि चनौरा–पडरिया क्षेत्रसम्मको हुलाकी सडक स्थानीयवासीले चक्काजाम गरेका हुन् ।
निर्माणाधीन हुलाकी सडकको उक्त खण्डमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था तथा सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले सडकमा चक्का जाम गरेको स्थानीय सुनिल साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी तथा अन्य स्वास्थ्य समस्या बढ्दै गएको छ । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएकाले बाध्य भएर चक्काजाम गर्नुपरेको उहाँले बताउनुभयो ।
आन्दोलनकारीहरूले राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख ईसरत परवीन, प्रदेश सांसद महेश यादव, सङ्घीय सांसद रामजी यादवलगायत सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले स्थानीय समस्या समाधानमा जनप्रतिनिधि तथा प्रशासन गम्भिर नदेखिएको आरोप लगाएका छन् ।
आन्दोलनकारीहरूले “बिना आन्दोलन समस्या समाधान नहुने अवस्था सिर्जना भएको” बताएका छन् । नयाँ सरकारप्रति समेत उनीहरूले असन्तोष व्यक्त गर्दै जनताको आधारभूत समस्यामा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् ।
सडकमा चक्काजाम भएपछि उक्त क्षेत्रमा यातायात आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
प्रकाशित मिति: २०२६-०५-२० , समय : १९:५२:५८ , 10 hours अगाडि