सिरहामा झण्डै १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला : उत्खनन र संरक्षणका लागि सरोकारवालाको ध्यानाकर्षण

मिति: २०२६-०५-२३ , समय : १७:३१:३४ , विनोद अविरल

तस्बिर : विनोद अविरल / सिरहा

विनोद अविरल

सिरहा ।
मधेस प्रदेशको सिराहाको गोलबजार नगरपालिका वडा नं. १ स्थित मूकसार गढीमा पौराणिक कालीन इँटा तथा ऐतिहासिक महत्त्वका पुरातात्विक वस्तुहरू फेला परेका छन् । स्थानीय मूकसार गढी क्षेत्रमा भेटिएका यी भग्नावशेष र इँटाहरु करिब १२ सय वर्ष पुराना हुन सक्ने अनुमान गरिएको छ ।
​ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको यस गढी क्षेत्रमा पुराना इँटा, प्राचीन संरचनाका अवशेष र अन्य ऐतिहासिक सामग्रीहरू समेत भेटिन सक्ने अनुमान गरिएको छ ।

स्थानीय स्तरमा प्राकाट्य भएका यी ऐतिहासिक प्रमाणहरूले यस क्षेत्रको प्राचीन सभ्यता र इतिहासलाई उजागर गर्ने बलियो आधार दिएका छन् ।
​उक्त स्थानमा बहुमूल्य पुरातात्विक वस्तु भेटिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा ती ऐतिहासिक धरोहरहरू असुरक्षित बन्दै गएका छन् ।

समयमै उत्खनन, अध्ययन र संरक्षण नगरिए प्राचीन इतिहास बोकेका यी सम्पदाहरू सदाका लागि नष्ट हुन सक्ने खतरा बढेको छ ।

​यस ऐतिहासिक स्थलको गम्भीरता र संवेदनशीलतालाई बुझेर नेपाल सरकारको पुरातत्व विभाग, स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्कालै विशेष टोली खटाई अनुसन्धान र संरक्षणको कार्य अगाडि बढाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूले पनि यस मूकसार गढीको ऐतिहासिक रहस्य पत्ता लगाउन र यसलाई पर्यटकीय एवं ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्न राज्यको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: २०२६-०५-२३ , समय : १७:३१:३४ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित