सप्तरीको महुलीमा एक महिने महुली मिनी महोत्सव संचालन हुने
महुली बजारको पहिचान र व्यापार व्यवसाय प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव संचालन हुने
मिति: २०२६-०५-२४ , समय : ०७:०९:५१ , गामघर डेस्क
मिति: २०२६-०५-२४ , समय : ०७:०९:५१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा न.६ महुलीमा प्रथम महुली मिनी महोत्सव हुने भएको छ । पाथिभरा एजुमन्टको व्यवस्थापनमा महुली फुटबल क्लब महुलीद्वारा महोत्सव आयोजना गरेको हो ।
महुली फुटबल क्लबद्वारा अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित आयोजना स्थलमै शनिबार पत्रकार सम्मेलन गर्दै महुली बजारको पहिचान र व्यापार व्यवसाय प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव संचालन गरेको जनाएको छ ।
कार्यक्रममा आयोजक समितिका संरक्षक सरोज राना मगरले प्रथम महुली मिनी महोत्सवले महुली बजारसहित समग्र गाउँपालिकाको व्यापार व्यवसायी प्रबद्र्धनमा टेवा पुग्ने बताउनु भयो । जेठ १० गते उद्घाटन हुने महोत्सव एक महिना पछि असार १० गते समापन हुने बताउनु भयो ।
मेलामा विभिन्न खेलको प्रदर्शन, स्थानीय विभिन्न परिकारको स्टल तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको दैनिक जोडदार प्रस्तुति रहने मगरले बताउनु भयो । दैनिक हजारौं दर्शक तथा रमाइलो मेला भर्न आउनेहरुका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, कम्पनीका सुरक्षा गार्ड तथा ३५ जना क्लबका स्यमसेवक गरि दैनिक ५० जनाबढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिदै उहाँले कुनै प्रकारको सुरक्षा चुनौती नरहेको स्पष्ट पार्नु भयो ।
महोत्सवमा रु १ सय रुपैयाँ प्रवेश शुल्क राखिएको बताउँदै उहाँले अन्तरास्ट्रिय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती तथा विशेष दिनमा थप १ सय प्रवेश शुल्क लिइने जानकारी गराउनु भयो ।
पाथिभरा एजुमेन्ट प्रालिका संचालक मन्तोष पालले मिनी महोत्सवको सबै खेल तथा सरकस र स्टलहरुको तयारी पुरा भएको बताउनु भयो । साे महोत्सवमा १५ देखि १६ लाख सम्मको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०५-२४ , समय : ०७:०९:५१ , 4 hours अगाडि