सप्तरीकाे लालापट्टीमा पाँच बर्षकी बालिकालाई जबर्जस्तीकरणी गर्ने एक युवक पक्राउ

मिति: २०२६-०५-३१ , समय : १५:११:४७ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ४ लालापट्टीमा पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । स्थानीय १८ बर्षीय राजिव यादवलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय पोखरीको डिलमा रहेको बाँसघारीमा चकलेट दिएर ललाई फकाई बालिकालाई करणी गरे पछि बालिकाको आमाले दर्ता गरेको जाहेरीको आधारमा युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बालिकाले हो–हल्ला गरेपछि पोखरीमा भाडाकुडा सफागर्ने महिलाहरुले घटना स्थलमा पुग्दा फरार भएको यादवलाई खोजतलास गर्ने क्रममा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो ।
पक्राउ परेका युवकमाथि जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ३ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।
यसैगरी एक युवतीको अपहरणको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा कर्जनाहा नगरपालिका ३ का ४२ बर्षीय आनन्द दास तत्मा, ५० वर्षिया राम कुमारी देवी र सिरहा नगरपालिका ९ को बर्ष ५० की शिव सुनैर देवी छन् ।
स्थानीय संगीता कुमारी मण्डललाई राजविराज ८ स्थित आमालाई भेट्न आएको बेला जबर्जस्ती अपहरण तथा शरीर बन्धक बनाएको आरोप उहाँहरुमाथि छ । उहाँहरु विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै चोरीको आरोपमा बोदेबर्साइन नगरपालिका ५ का बर्ष १९ को शिव कुमार सदा पक्राउ परेका छन् । खडक नगरपालिका ५ बाट भैंसी चोरी गरेको आरोपमा सदालाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका सदा विरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०५-३१ , समय : १५:११:४७ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित