सप्तरीको छिन्नमस्तामा महुली लघुवित्तको १४ औँ स्थापना दिवसमा वृक्षारोपण

मिति: २०२६-०६-१३ , समय : १३:४८:२३ , गामघर डेस्क

तस्बिर : दिपक यादवकाे सहयोगमा

गामघर डेस्क

छिन्नमस्ता । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औँ स्थापना दिवसको अवसरमा शाखा कार्यालय छिन्नमस्ताद्वारा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।
“सपनाको टुप्पो, सबको छ हात, हाम्रो विकास वृक्षसँगको साथ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न जातका बिरुवाहरू रोपिएका थिए। कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणको सन्देश प्रवाह गरिएको थियो।
छिन्नमस्ता शाखाको निमित्त शाखा प्रमुख दिपक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा छिन्नमस्ता गाउँपालिका वडा न.५ का वडाअध्यक्ष जयप्रकाश ठाकुर, अतिथिहरु नेपाल प्रहरीका वरिष्ठ हवल्दार रमेश तामाङ, शिक्षक शिव राय , व्यवस्थापन समितिका सदस्य ज्योतिश झा ,शाखा कार्यालय छिन्नमस्ताका सहायक पारसमणी चौधरी, रामकृष्ण शर्मा लगायत विभिन्न केन्द्रका सदस्यहरू, शुभेच्छुकहरू, पर्यवेक्षकहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साे कार्यक्रमका सहभागी वक्ताहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, अक्सिजनको मात्रा वृद्धि गर्न तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए। सो अवसरमा सहभागीहरूले “वृक्षारोपण गरौँ, पर्यावरण बचाऔँ”, “रुख रोपौँ, हरियाली बढाऔँ”, “एक बिरुवा सयौँ फाइदा” लगायत वृक्षारोपणसम्बन्धी नारासहित जनचेतनामूलक सन्देशसमेत प्रवाह गरेका थिए।
उक्त कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई वातावरण संरक्षणमा निरन्तर सक्रिय रहन आग्रह गर्दै संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रकाशित मिति: २०२६-०६-१३ , समय : १३:४८:२३ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित