लागियाे असार : टनटलापुर घाममा किसानहरुलाई धान रोपाइँको चटारो
वर्षभरि परिवारको मुख्य आम्दानीको स्रोत मानिने धान खेतीका लागि अहिले किसानहरूलाई भ्याइनभ्याइ भएको छ।
मिति: २०२६-०६-२५ , समय : १४:०३:४९ , रबिन्द्र बराल
मिति: २०२६-०६-२५ , समय : १४:०३:४९ , रबिन्द्र बराल
तस्बिर : रबिन्द्र बराल / विराटनगर
रबिन्द्र बराल
विराटनगर । कोशी प्रदेशको मोरङको सिमाक्षेत्रका स्थानीय कृषकहरु टनटलापुर घाममा धान रोपाइँको चटारो बढेदै गएको छ। खेतमा पानी नभएता पनि माेटर काे माध्यम बाट खेतमा पानी जम्मा गरेर कृषकहरु धानको बेर्ना उखेल्ने तथा रोपाइँको तयारीमा जुटेका छन्। टनटलापुर घाम भएता पनि किसानहरू बिहानैदेखि खेतमा पुगेर बेर्ना उखेल्ने, र धान रोपाइँका लागि आवश्यक तयारी गरिरहेका छन्। वर्षभरि परिवारको मुख्य आम्दानीको स्रोत मानिने धान खेतीका लागि अहिले किसानहरूलाई भ्याइनभ्याइ भएको छ। 
स्थानीय किसानहरूका अनुसार समयमै वर्षा नभएकाले यस वर्ष धान रोपाइँ असहज हुने उनिहरुले बताए । कृषि मजदुरको अभाव र बढ्दो ज्यालादरले खेतीपातीको लागत भने बढ्दै गएको उनीहरूको गुनासो छ।
नेपालको कृषि प्रणालीमा असार महिना धान रोपाइँको मुख्य समय मानिन्छ। विशेषगरी तराई क्षेत्रमा धान उत्पादन स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको भएकाले किसानहरू समयमै रोपाइँमा जुटेका छन्।
प्रकाशित मिति: २०२६-०६-२५ , समय : १४:०३:४९ , 2 hours अगाडि