मधेस प्रदेशको जनकपुरमा गोरखापत्रका समाचारदाताको दुई दिने प्रशिक्षण
मिति: २०२६-०६-३० , समय : ०८:१७:०१ , गामघर डेस्क
मिति: २०२६-०६-३० , समय : ०८:१७:०१ , गामघर डेस्क
तस्बिर : देबराम यादव / जनकपुरधाम
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशका सञ्चार, गृह तथा कानुन मन्त्रालयको आयोजनामा आठ जिल्लाका २२ जना गोरखापत्र समाचारदाताहरुको प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सोमबार सुरु भएको छ ।
कार्यक्रममा मधेश प्रदेशका सञ्चार, गृह तथा कानुनमन्त्री फकिरा महतो, आमसञ्चार प्राधिकरण जनकपुरधामका अध्यक्ष जितेन्द्र खड्गा, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेश लम्साल, सञ्चालक समिति सदस्य तथा अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, कार्यकारी सम्पादक तथा नयाँ नेपालका संयोजक विवेकानन्द मिश्र, गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत ओमबिक्रम कटुवाल लगायतले धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: २०२६-०६-३० , समय : ०८:१७:०१ , 1 hour अगाडि