धर्म प्रतिकाे आस्था : मुस्लिम समुदायकाे भाकल पूरा भएपछि दर्शन तथा पुजापाठ
मिति: २०२६-०७-०१ , समय : ०९:२३:०६ , गामघर डेस्क
मिति: २०२६-०७-०१ , समय : ०९:२३:०६ , गामघर डेस्क
तस्बिर : रबिन्द्र बराल / विराटनगर
गामघर डेस्क
विराटनगर । धार्मिक सहिष्णुता र आपसी सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कोशी प्रदेशको मोरङस्थित प्रसिद्ध श्री संसारीमाई मन्दिरमा मुस्लिम समुदायका एक व्यक्तिले आफ्नो भाकल पूरा भएपछि पूजा–आराधना गरेका छन्।
लामो समयदेखि मनमा राखेको भाकल पूरा भएको विश्वासपछि उक्त व्यक्ति मन्दिरमा पुगेर विधिपूर्वक पूजा, दर्शन तथा प्रसाद अर्पण गरेका छन । मन्दिरका पुजारीबाट वैदिक विधिअनुसार पूजा सम्पन्न गराइएको थियो।स्थानीयका अनुसार संसारीमाई मन्दिरमा हिन्दू धर्मावलम्बी मात्र होइन, मुस्लिम, किराँत, बौद्ध तथा अन्य समुदायका श्रद्धालुहरू पनि विभिन्न मनोकामना लिएर आउने र भाकल पूरा भएपछि पुनः पूजा गर्न आउने परम्परा रहँदै आएको छ। आफ्नो मनोकामना पूरा भएको विश्वासका साथ मन्दिरमा आएर आस्था प्रकट गरेको बताए।
मन्दिर व्यवस्थापन पक्षले पनि धार्मिक आस्था व्यक्तिगत विषय भएको उल्लेख गर्दै, सबै धर्म र समुदायका श्रद्धालुलाई समान सम्मानका साथ स्वागत गर्ने गरेको जनाएको छ।स्थानीय बुद्धिजीवीहरूका अनुसार यस्तो घटनाले नेपालमा रहेको धार्मिक सहिष्णुता, सामाजिक एकता र पारस्परिक सम्मानको संस्कृतिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२६-०७-०१ , समय : ०९:२३:०६ , 3 hours अगाडि