सप्तरीका शिक्षक यादवको बैंकबाटै ४ लाख ५० हजार रकम एक्कासी गायब
बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायव, राधेश्यामको परिवार नै शोकमा...
मिति: २०२६-०७-०४ , समय : २२:१६:५० , गामघर डेस्क
मिति: २०२६-०७-०४ , समय : २२:१६:५० , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा न.१ डुमरी टोलका राधेश्याम यादवको बैंकबाटै रकम एक्कासी गायब भएको छ ।
सिन्धुपाल्चोक जिल्लामा जुगल गाउँपालिका वडा नम्बर १ स्थित शिलाङ्ग माविमा राहत शिक्षकको रुपमा कार्यरत यादव रहेको छ ।
शिक्षक यादवले कुमारी बैंकको राजविराज शाखामा चार लाख ५० हजार राखेका थिए । खातामा जम्मा रहेको रकम भने एक्कासी गायब भएपछि अहिले राधेश्यामको निन्द्रा हराएको छ । उहाँ सहित परिवार नै शोकमा डुबेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका १ स्थित शिलाङ्ग माविमा राहत शिक्षकको रुपमा कार्यरत यादव असारको दोस्रो साता घर आएका थिए ।
घर आउँदा आफ्ना परिवारजनसँग भेट गर्दै खुशी साटे पनि उहाँको खुशी एक दिन पनि टिक्न सकेन । भोलि पल्ट उहाँलाई फोन आउँछ, ‘तपाईंको खाताबाट रकम गायव भैसकेको छ ।’यसपछि उनी हाङ्गाबाट खसे झैं भएको छ ।
आश्चर्यको कुरा उहाँको खाता रहेको कुमारी बैंक राजविराज शाखाबाट फोन नआएर ‘कपिलवस्तुको तौलिहवा शाखाबाट फोन आएको रहेछ’ उहाँले यसपछि राजविराज शाखामा गएर बुझ्दा सही नै रहेछ । मोबाइल बैंकिङ प्रयोग गरेपनि कसैलाई कुनै ओटिपी नदिएको, कुनै लिंकमा क्लीक नगरेको उहाँले बताउनु भयो ।
मोबाइल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सबै सावधानी अपनाएको उहाँको कथन छ । ‘तथापि कसरी रकम निस्कियो, आश्चर्यचकित रहेको बताउनु हुन्छ ।
उहाँले छोरीको विवाहका लागि रकम जम्मा गरकोमा यसरि परिश्रमको कमाई एक्कासी गायब भएपछि परिवार नै शोकमा डुबेको बताउँछन् ।’
यादवले घट्नाबारे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा निवेदन दिएपनि गम्भीर तरिकाले सुनुवाइ नभएको गुनासो गर्नु भयो ।
यादवले एक्कासी आफ्नो खाताबाट रकम गायव भएको घटनामा सहयोग गरिदिन हुन सबैसँग हार्दिक अनुरोध गरेका छन् ।
प्रकाशित मिति: २०२६-०७-०४ , समय : २२:१६:५० , 2 hours अगाडि