सप्तरीको महुलीमा जंगली हात्तीद्वारा बाली नष्ट : किसानहरु चिन्तित

मिति: २०२६-०७-०८ , समय : ०८:५६:१८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको अग्नीसाइर कृष्णसंवरन गाउँपालिका वडा नमूना ६ महुली मोहनपुरमा जंगली हात्तीले अन्न बाली नष्ट गरेको छ । हात्तीको समुहले सोमबार राति १० बजेको समयमा गाउँमा छिरेर अन्नबालीलाई कुल्चिएर नष्ट गरेको हो ।
हात्तीको समुहले बिहान ३ बजेसम्म लगातार ५ घण्टासम्म कृषकहरूले भित्र्याउन राखेको मकै र धानको बीउ (ब्याड) पूर्ण रूपमा नष्ट गरेको पीडित किसान अशोक आचार्यले बताउनु भयो । उहाँका अनुसार एकै पटक समुहमा आएका हात्तीले गाउँको बीचमै आएर आतङ्क मच्चाएपछि स्थानीयबासी त्रसित बनेको बताउँछन । खानको लागी अन्नबालीलाई जंगली हात्तीले सखाप पारिदिएपछि पिडित स्थानीय कृषकहरू चिन्तामा परेका छन् ।
यस भेगका किसानहरूले विगत ३५ वर्षदेखि जंगली हात्तीको आतंक खेप्दै आएका छन् । बर्षेणी जनधनको क्षति ब्यहोर्नु परे पनि राज्यका सरोकारवाला निकायबाट अहिलेसम्म कुनै ठोस पहल नभएको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन ।
महुली मोहनपुरको सिङ्गो बस्तीलाई विस्थापित हुनबाट जोगाइदिन बालेन्द्र नेतृत्वको सरकारसगं अनुरोध गर्दै यस तर्फ सरकारको ध्यान नगए र जंगली हात्तीको आतंक कायम रहीराखे सशक्त आन्दोलनमा उत्रन बाध्य हुने स्थानीयले चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति: २०२६-०७-०८ , समय : ०८:५६:१८ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित