मिटरब्याजका फर्जी तमसुक र बाध्यकारी लिखत आजैदेखि अवैध हुने सरकारको निर्णय

मिति: २०२६-०७-२२ , समय : २१:१९:२९ , गामघर डेस्क

गामघर डेस्क

काठमाडौं । सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

आज बसेको मन्त्रीपरिषद्कोे बैठकबाट मिटरब्याज संघर्ष समितिसँगको बैठक र छलफललाई मध्यनजर गर्दै मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास, बाध्यकारी चेकलगायतका लिखतलाई अवैध बनाउने निर्णय गरेको छ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिअनुसार आगामी मन्त्रिपरिषद् बैठकमा यस्तो प्रस्ताव पेश गरिने भएको हो ।

सहमतिअनुसार मन्त्रिपरिषद्बाट मिटरब्याज उन्मूलनको घोषणा भएपछि आपराधिक वा दूषित मनसायले तयार गरिएका मिटरब्याजसम्बन्धी फर्जी लिखत स्वतः अवैध र खारेज हुनेछन् । यसबाट पीडितलाई कानुनी राहत दिलाउने सरकारको अपेक्षा छ ।

यो निर्णय आजकै मितिबाट लागू हुने सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जनाएका छन् ।

प्रकाशित मिति: २०२६-०७-२२ , समय : २१:१९:२९ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित