मधेस प्रदेश : घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुख र अधिकृत पक्राउ
मिति: २०२६-०७-२५ , समय : १३:३३:५६ , गामघर डेस्क
मिति: २०२६-०७-२५ , समय : १३:३३:५६ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाण्डौ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलिले ७ लाख ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
साथै स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र तीन थान मोवाइल पनि बरामद भएको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ ।
बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको क्रममा डिभिजन प्रमुख ढकालले अधिकृतमार्फत घुस मागेको आरोप छ । ढकाल र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : १३:३३:५६ , 3 hours अगाडि