सप्तरीमा सवारी दुर्घटनाबाट एक जनाको मूत्यु,पाँच जना घाइते
मिति: २०२३-०३-३१ , समय : १८:३८:२८ , गामघर डेस्क
मिति: २०२३-०३-३१ , समय : १८:३८:२८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ कंकालिनी मन्दिर र कोशि ब्यारेजको बिचमा सवारी दुर्घटनाबाट एक जनाको मूत्यु भएको छ भने पाँच जना घाइते भएको छ । पुर्व पश्चिममा राजमार्गमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा १९ च५५७६ नंम्बरको कारको अगाडि भागको टायर पन्चर भईआफै अनियन्त्रित भई पल्टीदा कारमा सवार सुनसरी इनरुवा नगरपालिका वडा न. ५ का ६५ वर्षिय लिला बहादुर कार्कीको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो सवारी दुर्घटनामा सुनसरीकाे इनरुवा नगरपालिका वडा न.५ का ६५ वर्षिय लिला बहादुर कार्कीको समेत ढाडमा चोट लाग्नुको साथै उदयपुरकाे त्रियुगा नगरपालिका वडा न. १० गाईघाटका ८३ बर्षिय योग्य बहादुर कार्कीको ढाडमा चोट लागेको छ भने कार चालक खोटाङग मार्फा २ का ५९ वर्षिय राजकुमार नेपाललाई समेत ढाडमा चोट लागेको तिनै जनाको उपचार भारदह अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा ६५ वर्षिय कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिहले जानकारी दिनुभयो । कार ईलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ भने उक्त घटना वारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको कंचनरुप नगरपालिका वडा न.८ बेरियर चोक स्थित पुर्ब पश्चिम लोक मार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको स १ ब ५११ नं.को मोटरसाइकलले बाटो क्रस गरिरेको पैदल यात्री मोरङ पथरी सनिंचरे न.पा. ६ का पशुराम मण्डलको श्रीमती ५० वर्षिया शिवमुनि मण्डलको मुख र छातीमा चोट लागेकोले स्थानिय अस्पताल रुपनगरमा उपचार भई रहेको छ भने .सप्तरी बोदेबर्साईन नगरपालिका वडा न.५ सत्रुध्न चोक स्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चि२म तर्फ आउदै गरेको स.१ च १६५० न.को एम्बुलेन्स उत्तरवाट दक्षिण तर्फ वाटो क्रस गर्दै गरेको स.४ प १०३८ न.को मोटरसाइकलले ठक्कर दिदा मोसा पछाडि सवार .पर्सा बिरगंज म.न.पा.२० अरुणगंज का २० वर्षिय करण कुमार महतोको आखि भौ माथि चोट लागि जिवन ज्योति अस्पताल बोदेबर्साईन सप्तरीमा उपचार भईरहेको एम्बुलेन्स चालक बोदेबर्साईन नगरपालिका वडा न.५ बर्साईन बजार का २८ वर्षिय गाया प्रसाद साह उपचारमा भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १८:३८:२८ , 2 years अगाडि