उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने, बागीमाथिको कारबाही फुकुवा
कसले बारामा बाजि.........?
मिति: २०२३-०४-०३ , समय : ११:४५:४१ , गामघर डेस्क
मिति: २०२३-०४-०३ , समय : ११:४५:४१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
कांग्रेसले बारा २ मा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय लिएको छ । गठबन्धनका तर्फबाट चितवन र तनहुँमा भने कांग्रेसले उम्मेदवारी दिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ०७९ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बाराको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।
कांग्रेसको निर्णयले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा भएको छ । जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा भएको हो । ढिला भएको तर सकारात्मक रूपमा लिएको नेता कोइरालाले बताए । जोशीले कांग्रेसको निर्णयलाई ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीति’ भनेका छन् । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०४-०३ , समय : ११:४५:४१ , 2 years अगाडि